‘भाइरल गायक’ दुर्गेशको ‘आलुजस्तो गायक’ सार्वजनिक

काठमाडौं । ‘भाइरल गायक’ दुर्गेश थापाले ‘आलुजस्तो गायक’ गीत सार्वजनिक गरेका छन् । गीत दुर्गेश ट्रोलको सिकार भएपछि सार्वजनिक भएको छ ।

इनाक्छी इन्टरटेनमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा दुर्गेशले आफू केही नसिकी संगीत क्षेत्रमा आएको भन्ने सन्देश दिन खोजेका छन् । गीतको शब्द तथा संगीत बसन्त थापाको हो ।

गीतको भिडियो शिव विकको निर्देशन तथा कोरियोग्राफि रहेको छ । भिडियोमा नायक पल शाह, पुष्प खड्का र सरिता केसीको अभिनय पनि रहेको छ ।

मोडल तथा गायक पछिल्लो समय बिच्चविच्चमा गाएर चर्चामा आएका हुन् । उनले त्यसपछि बेसार गीत ल्याएका थिए ।

प्राइम टाइम टेलिभिजनमा ऋषी धमलाको कार्यक्रममा अन्तरवार्तामा चिप्लिएपछि दुर्गेशले ‘आलुजस्तो गायक’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
हेर्नुहोस भिडियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *