जुम्लामा एकै दिन ५६ जना कोरोना सङ्क्रमित थपिए

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ ५६ जनामा सङ्क्रमण देखिएको छ । आजै गरिएको परीक्षणमा हिमा गाउँपालिकाका ५१ जना र नाग्मका ५ जना गरी ५६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।

एक सय २९ जनाको नमुना सङ्कलन गरिएको थियो । जुम्लामा यति धेरै सङ्क्रमित देखिएको यो पहिलो पटक हो ।
जुम्लाको चन्दननाथ नगरपालिकासहित सात वटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ ।

गत शुक्रवारदेखि गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

सङ्क्रमितहरूको सम्पर्कमा आएका सबै जनाको कन्ट्रयाक ट्रेसिङ्ग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालय जुम्लाले गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *