निषेधाज्ञाको पहिलो दिन उपत्यका (फोटो फिचर)

काठमाडौं । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि राजधानीको जनजीवन शुन्य भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार रातीबाटै उपत्यकामा अनावश्यक हिँडडुल गर्न तथा सवारी साधन सञ्चालन र अत्यावश्यक वाहेक अन्य व्यापार व्यवसाय बन्द गर्न भनेपछि राजधानीका सडक, चौक गल्लीहरु सुनसान भएका छन् ।

एक सातायता उपत्यकामा कोरोना संक्रमितको संख्या दोब्बर रुपमा बृद्धि भएपछि स्थानीय स्वायत्त शासन ऐन अन्र्तगत निषेधाज्ञा जारी गरीएको हो ।

काठमाडौंका बढि चलहपहल हुने स्थानहरु नयाँ बानेश्वर, तीनकुने, थापाथली, भद्रकाली, पुतली सडक, बागबजार, चावहिल लगायत सबै स्थानहरु सुनसान छन् । स्वास्थ्य सेवा, सुरक्षा सेवा, सञ्चारसेवा तथा दैनिक उपभोग्यका सामग्री लिएका सवारी साधनहरु गुडेपनि प्रहरीले कडा चेकिङ गरीरहेका छन् । मास्क नलगाई जथाभावी हिँडडुल गर्ने सर्वसाधारणलाई पनि सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिने, सोधपुछ गर्ने गरेका छन् ।

सिंहदरबार

निषेधाज्ञा अघि नै सरकारले यसअघि स्थायीय प्रशासनबाट जारी गरेको सवारी साधन पास खारेज भइसकेको बताएकाले अत्यावश्यक वाहेक अन्य सवारी कमै गुडेका छन् ।

जथाभावी निषेधाज्ञा तोड्ने सवारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने, सरकारले निषेधाज्ञा उलंघन गर्नेलाई एक महिनासम्म थुन्न सक्ने कानुन भएकोले पनि सर्वसाधारण घरभित्रै रहेका छन् ।

आज अपरान्हसम्म करिब एक हजारको हाराहारीमा जथाभावी हिँडडुल गर्ने सर्वसाधारणलाई सुरक्षाकर्मीले होल्डिङ गरेर राखेका छन् । उनीहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिइएको हो ।

बबरमहल
तिनकुने
नयाँ बानेश्वर

प्रहरीले निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको छ । कोरोना भाइरसबाट बच्ने एक मात्र उपाय सामाजिक दुरी भएकोले सरकारले नागरिकहरुलाई घरमै बस्न आग्रह गरेको छ ।

पछिल्लो समय चार महिना लामो लकडाउनको अन्त्य भएसँगै उपत्यकाको जनजीवन चलायमान भएको थियो तर, जनजीवन चलायमान हुने वित्तिकै उपत्यकामा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढिरहेको छ ।

सिंहदरबार
बबरमहल
अनामनगर
पुतलीसडक
नयाँ बानेश्वर
नयाँ बानेश्वर
नयाँ बानेश्वर
बबरमहल
अनामनगर, हनुमानस्थान
भद्रकाली, सहिदगेट
भद्रकाली
रामशाह पथ
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *