पुनः ‘कौन बनेगा करोडपति’को तयारीमा अमिताभ

 

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनमा केही समय अगाडि नोवेल कोरोना भाइरस (कोभिड १९)को पुष्टि भएको थियो ।

अमिताभसँगै उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । २३ दिन अस्पतालमा आइसोलेसनमा बिताई हालै निको भएर घर फर्केका हुन् अमिताभ ।

उनी कोरोनामुक्त भएसँगै बुधबार हिजो मात्र एउटा ब्लग सार्वजनिक गरेका छन् । उनले ब्लगमा आफू पुनः काममा फर्कने तयारीमा रहेको बताए । ‘कौन बनेगा करोडपति (केबिसी) को सुटिङ नजिकिँदै छ ।

केबीसी अमिताभको टेलिभिजन कार्यक्रम हो । सामाजिक दूरी कायम गर्दै सुरक्षासाथ कार्यक्रम सञ्चालन गरिने, हिन्दुस्तान टाइम्सले छापेको छ ।

उनले केबीसीको प्रोमो सुटिङ्ग नजिकिँदै गर्दा उनको टोली यसको प्रस्तुतिकरणका लागि तयारी रहेको बताएका छन् । अमिताभ केबीसीसँगै फिल्महरुमा पनि देखा पर्दैछन् ।

उनको अभिनय रहेको ‘झुण्ड’, ’चेहरे’ र ’ब्रह्मास्त्र’ लगायतका फिल्म सार्वजनिक हुन बाँकी नै छन् । हालसालै उनी अमेजन प्राइम भिडियोमार्फत् सार्वजनिक गरिएको सुजित सिरकारले निर्देशन गरेको ’गुलाबो सिताबो’मा देखिएका थिए ।

उक्त फिल्ममा उनको अभिनयलाई दर्शकले निकै रुचाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *