पुजारी हत्या प्रकरणः विशेष गन्ध पत्ता लगाउने कुकुर परिचालन गर्दै प्रहरी

काठमाडौं । रौतहटका पुजारी श्रीराम साह हत्या प्रकरणमा प्रहरीले विशेष गन्ध पत्ता लगाउने कुकुर झिकाउने तयारी गरेको छ । सामान्य गन्ध पत्ता लगाउने कुकुर परिचालन गरिएकोमा हत्यारा पत्ता लाग्न नसकेपछि विशेष गन्ध पत्ता लागाउने कुकुर झिकाउन लागिएको रौतहटका प्रजिअ इन्द्रदेव यादवले मकालु खबरलाई  जानकारी दिए ।

रौतहटको माधवनारायण नगरपालिका-२, खेसरहियास्थित हनुमान मन्दिरका ६५ वर्षीय ती पुजारीकाे बुधबार राति अन्दाजी ९ बजेतिर गोली हत्या गरिएकाे थियाे । अहिलेसम्म गाेली हान्नेकाे पहिचान हुन सकेकाे छैन । प्रजिअ यादवका अनुसार सामान्य गन्ध पत्ता लगाउने कुकुरले अहिले घटनास्थलबाट ६–७ मिटर पर पुर्याएको छ । थप अनुसन्धानका लागि विशेष खालकाे कुकुर घटनास्थलमा ल्याउन लागिएकाे हाे ।

प्रहरीले अहिले दुई काेणबाट अनुसन्धान केन्द्रित गरेकाे पनि प्रजिअ यादवले बताए । ती पुजारीकी श्रीमती छैनन् भने उनी समूहमा बसेर गाँजा समेत खान्थे । एक्लै भएका कारण या त त्यही गाँजा खाने समूहबाटै हत्या भएकाे हुन सक्ने प्रहरीकाे प्रारम्भिक अनुमान छ । यसअघि ती पुजारीले आफ्नो सम्पत्ति मन्दिरलाई दिने भन्ने गरेकाे पनि उनले बताए ।

प्रहरीले घटनाकाे विषयमा थप अनुसन्धान गरिरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =