एलिना र नरेशको ‘मेरो बाबा भगवान’ (भिडियोसहित)

काठमाडौं । कुसे औंशी तथा बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै चर्चित गायक तथा सर्जक नरेश खातीले ‘मेरो बाबा भगवान’ बोलको गीत बजारमा ल्याएका छन् ।

नरेशको शब्द, संगीत रहेको सो गीतमा एलिना चौहान र उनैकाे स्वर रहेकाे छ । नरेशको हरेक सिर्जना उत्तिकै चर्चित छन् ।

केहि समय अगाडी नरेशको सिर्जनामा ‘छोरी’ बोलको गीत बजारमा आएको थियो । त्यो गीतले धेरै नै चर्चा पायो । त्यसपछि ‘माया मारेर’ बोलको गीतले बजारमा केहि समयसम्म एकछत्र राज गर्यो ।

एकपछी अर्को सफलता बटुल्दै गर्दा नरेशले बजारमा नयाँ गीत ‘मेरो बाबा भगवान’ सार्वजनिक गरेका हुन् । नरेशको यो गीतलाई मेक्सम नरेश अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ । गीत सार्वजनिक भएको छोटो समयमा नै गीतले दर्शकहरुको धेरै माया पाएको छ ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *