चितवनमा मंगलबार बिहान मृत्यु भएकी १०९ वर्षीय वृद्धामा कोरोना पुष्टि

  • ध्रुवराज खनाल

चितवन । चितवनमा मृत्यु भएकी १ सय ९ वर्षीया वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका–३ की वृद्धाको आज बिहान मृत्यु भएको थियो ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले उनमा कोरोना संक्रमण भएको पुष्टि गरे । शंकास्पद व्यक्तिसँग भेट भएको थाहा भएपछि साेमबार भरतपुरस्थित कोभिड-१९ परीक्षण प्रयोगशालामा उनकाे स्वाब परीक्षण गरिएकाे थियाे ।

मंगलबार दिउँसाे उनकाे रिपाेर्ट पाेजेटिभ आएको हो । ती वृद्धाकाे मृत्यु भने साेमबार राति १ बजे भएकाे थियाे । उनीमा मृत्युपछि काेराेना पुष्टि भएकाे हाे । उनको शव आज नै सेनाले व्यवस्थापन गर्दैछ । केही दिनअघि क्यान्सर अस्पतालमा काम गर्ने आफन्त उनीलाई भेट्न आएका थिए । तीनैबाट संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ ।

चितवनमा यसअघि पनि कोरोना संक्रमित दुई जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *