‘गरिबको गीत’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । देशको यथार्थ कुरालाई समेटी सर्जक शिव सुवेदिको शब्द संगीतमा तयार पारिएको ‘गरिबको गीत ’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सर्जक सुवेदीकै नामको अफिसियल युट्युब च्यानलबाट ६ घण्टा अगाडी मात्र सार्वजनिक भएको हाे ।

उक्त गीतमा १० जना कलाकारहरुले सामुहिक रुपमा स्वर भरेका छन् । गायक कुलेन्द्र विश्वकर्मा, खेम सेन्चुरी, विक्रम परियार, सुर्य खड्का र नरेश खाती रहेका छन्, भने गायिका सम्झना भण्डारी, सुनिता बुढा क्षेत्री, मन्जु पौडेल, टिका सानु, र कमला पोखरेल रहेका छन् ।

१२ मिनेटको गीतको भिडियोमा समग्र रुपमा देशमा के कस्ता भ्रष्टाचार, विकृति, विसंगती भईरहेका छन् भनेर छर्लङग पारेको छ । गीतमा धन सम्पती कमाउन कति भ्रष्टाचार गर्नुपर्छ, गरिब निमुखाले न्याय पाउन कति दिनुपर्छ,  विदेशी मुद्रा देशमा ल्याउन कति र कहिलेसम्म आफ्ना सन्तान बेच्नुपर्छ भनि सरकारलाई व्यंग्य प्रहार गरिएको छ ।

हेर्नुहाेस् भिडियाेः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *