थप ७ जना कोरोना संक्रमितको मृत्यु, आइसीयू र भेन्टिलेटरमा कति छन् बिरामी ?

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एक–एक पुरुष र तनहुँकी एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।

प्रवक्ता गौतमले संक्रमितमध्ये प्रदेश १ मा ४ जना, प्रदेश २ मा ४६ जना, बागमती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नम्बर ५ १० जना संक्रमित आइसीयूमा रहेका छन् । कर्णाली प्रदेश र सूदुरपश्चिममा भने कुनैपनि संक्रमित बिरामी आइसीयूमा छैनन् ।

त्यस्तै भेन्टिलेटरमा बागमती प्रदेशमा ८ जना उपचाररत रहेकाे प्रवक्ता गाैतमले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *