उपत्यकामा २०५ सहित देशभर थप एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार १६जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये काठमाडाैंका १३८, भक्तपुरका १७ र ललितपुरका ५० जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर क्वारेन्टिनमा १३ हजार ९२६ जना रहेका छन् भने १० हजार ५६३ सक्रिय संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार चलिरहेको छ ।

आजको थप अपडेटसँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । संक्रमितमध्ये १७ हजार ५८०जना उपचारपछि संक्रमणमुक्त भएर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ८५ जना संक्रमित डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए ।

प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४६१ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *