ब्याण्ड भएको रक्सीलाई ब्राण्डिङ्ग गरेर घरघरमा डलर भित्र्याउने सांसद उषाकला राईको योजना [भिडियोसहित]

काठमाडौं । संविधान सभाका सदस्य तथा प्रदेश नं. १ की प्रदेश सभा सांसद उषाकला राईले स्थानीय मदिरा [लोकल रक्सी]लाई ब्याण्ड होइन ब्राण्ड गर्नुपर्ने बताएकी छन् ।

स्थानीय मदिरालाई ब्राण्डिङ्ग गरिएको खण्डमा हर नेपालीको घरघरमा डलर पुर्याउन सकिने भन्दै ब्याण्डको साटो ब्राण्ड गर्नुपर्ने बताएकी हुन् ।

“स्थानीय मदिरालाई ब्याण्ड होइन, ब्राण्ड गर्नुपर्छ । यसले गरिब नेपालीहरुको घरघरमै डलर पर्याउन ठूलो सहयोग गर्छ ।” सांसद राईले मकालु खबरसँगको भेटमा भनिन्, ‘सरकारले चिज चिनेन । यसबाट नेपालको अर्थतन्त्र छिटोभन्दा छिटो सुध्रिन्छ ।’

यस्तै उनले लोकल रक्सीलाई ब्राण्डिङ्ग गरिएको खण्डमा विदेशमा रहेका ७०/८० लाख युवाहरुलाई स्वदेश फर्काउन सम्भव हुने बताउँदै यो अभियान गरिबमूखि भएको पनि सुनाइन् ।

लोकल रक्सी एउटा मदिरा मात्रै नभएको जिकिर गरेकी सांसद राईले यस [लोकल रक्सी] मा धेरै खाले औषधीय गुण भएको समेत स्मरण गराइन् । उनले भनेकी छन्, ‘यो मदिरा मात्रै होइन । यो औषधि पनि हो । यसमा धेरै प्रकारका औषधीय गुणहरु हुन्छन् ।’

सरकारले नेपालभित्रै भएको बहुमुल्य वस्तुहरु नचिनेको टिप्पणी गर्दै राईले लोकल रक्सीसँगै रक्तचन्दन, गाँजालगायतका महत्वपूर्ण औषधीय गुणहरु भएको जडिबुटीलाई समेत अन्तर्राष्ट्रियकरण गर्नुपर्ने औंल्याइन् ।

यसैगरी उनले आफ्नो योजनाले देशलाई समृद्ध बनाउन सहयोग हुनेसमेत बताएकी छन् ।

पूरा भिडियो यहाँ हेर्नुस्ः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *