उपत्यकामा १६८ संक्रमित थपिए, थप ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङका ६० वर्षीय पुरुष, काठमाडौंकी ५८ वर्षीय महिला र राैतहटका ३२ वर्षीय पुरूषकाे मृत्यु भएकाे हाे । याेसँगै देशभर संक्रमित मृतककाे संख्या १०७ पुगेकाे छ ।

आज (सोमबार) देशभर ५८१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । संक्रमितमध्ये उपत्यकाका मात्रै १६८ जना रहेका छन् । काठमाडाैंका १३९, भक्तपुरका १४ र ललितपुरका १५ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *