इपानको कार्यसमिति सर्वसम्मतले चयन, अध्यक्षमा कृष्णप्रसाद आचाय

काठमाडौँ । इपानको कार्यसमिति सर्वसम्मतले चयन भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इपान) को अध्यक्षमा कृष्णप्रसाद आचार्य चयन भएका छन् । हिजो साँझ सम्पन्न भेलाले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
त्यसैगरी समितिको उपाध्यक्षमा आशिष गर्ग, गणेश कार्की र मोहन डाँगी, महासचिवमा गोरे शेर्पा, सचिवमा भरत खत्री, बलराम खतिवडा र राम आचार्य तथा कोषाध्यक्षमा आनन्द चौधरी चयन भएका छन् ।
कार्यसमितिको सदस्यमा प्रकाश दुलाल, भरत खड्का, भरत लामिछाने, उत्तम ब्लोन र महिला सदस्यहरुमा अविज्ञा मल्ल र कविता कँडेल चयन भएका छन् । बाँकी २ जना भने कार्यसमितिले मनोनयन गर्ने जनाइएको छ ।
इपानको नेतृत्वका लागि आचार्य र सूर्य अधिकारीको समूहले प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका थिए । तर, कोरोनाको जोखिमका कारण जिल्ला प्रशासन कार्यालयले निर्वाचन रोक्न निर्देशन दिएपछि सर्वसम्मतिबाट कार्यसमिति चयन गरेको जनाइएको छ ।








