‘तारेभिरमा बुकी’ मा कबिर र सारिकाको प्रेम (भिडियोसहित)

काठमाडौं । नव गायक गायक धिरेन कुमार रोकायाले आफ्नो पहिलाे म्युजिक भिडियो ‘तारेभिरमा बुकी’ सार्वजनिक गरेका छन् ।

रमाइलो डान्सिङ शैलीको यस गीतमा धिरेन कुमार रोकाया र मेलिना राईको युगल स्वर रहेको छ । गीतका शब्द सुमन श्रापितले लेखेका हुन् । बीबी अनुरागीले संगीतबद्ध गरेका यस गीतलाई अनुरागीले नै संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा कबिर खड्का र सारिका केसीको जोडदार अभिनय देख्न सकिन्छ । रक कौशलले छायांकन गरेको यस भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् । माधव श्रेष्ठ सह-निर्देशक रहेको भिडियोलाई शिव बिकको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो ।

गायक रोकायाको पहिलो प्रयास स्वरूप प्रस्तुत गरिएको यस भिडियोलाई साथ, सपोर्ट र माया गरिदिन सम्पूर्ण संगीतप्रेमीलाई आग्रह गरेका छन् । आगामी दिनमा निरन्तर राम्रा गीत संगीत सार्वजनिक गर्दै जाने गायक रोकायाले बताएका छन् ।

हेर्नुहाेस् भिडियाेः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *