कालिकोटमा पहिरोले घर पुर्दा ४ बालबालिकासहित ६ जनाको मृत्यु

काठमाडौं । कालिकोटको महाबै गाउँपालिका ३ मा पहिरोले घर पुर्दा एकै परिवारका ४ सहित ६ जनाको मृत्यु भएको छ । वडा सदस्य रजबहादुर विष्टको घर पहिरोले पुरिँदा विष्‍टका दुई छोरा र दुई छोरी गरी चारजना र छिमेकीका दुईजना छोरीको मृत्यु भएको हो ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले दिएको जानकारी अनुसार राजबहादुर विष्टका छोरीहरु १८ वर्षीया सबिना, १५ वर्षकी आशा तथा छोराहरु १३ वर्षका पुष्प र ११ वर्षका प्रवीणको मृत्यु भएको हो । त्यस्तै, उनकै छिमेकी दिलबहादुर विष्टकी १९ वर्षीया छोरी शान्ति र १० वर्षीया रेखाको मृत्यु भएको छ ।

तीज मनाउने क्रममा उनीहरु एकै ठाउँमा बास बसेका थिए । उद्धारको लागि प्रहरी टोली परिचालन गरिएको प्रजिअ गैरेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *