चितवनमा थप १२ जनामा कोरोना संक्रमण

चितवन । चितवनका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा भरतपुर महानगरपालिकाका ९ जना, राप्ती–९ का एक जना, रत्ननगर–१३, खैरहनी–८ का एक÷एक जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुरको वडा नम्बर २, ४, ७ र १० का व्यक्तिहरुमा संक्रमण देखिएको हो ।

प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीकाअनुसार उक्त ल्याबमा परीक्षण गरिएका मकवानपुर, नवलपुर, तनहुँ र सर्लाहीका एक, एक जनालाई पनि कोरोना पोजेटिभ देखिएको छ ।

१ सय ३० वटा नमूना परीक्षण गरिएकोमा १ सय १४ जनाको रिपोर्ट भने नेगेटिभ आएको डा.अधिकारीले बताइन् ।

चितवनमा कोरोना संक्रमति हुनेको कुल संख्या १ सय ६४ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *