सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछ: एमाले

काठमाडौँ । नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद मिना सिंह रखालले अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न सरकारलाई सुझाव दिएकी छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले उक्त सुझाव दिएकी हुन् ।

सरकारले तालिम र गोष्ठीको नाममा विनियोजन गरेको बजेट किसानहरूको राहत दिने लगायतका उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सांसद रखालको भनाई थियो । उनले साधारण खर्च कटौती गर्न र किसानहरूको हित प्रवर्द्धन हुने क्षेत्रमा बजेट केन्द्रित गर्न पनि सरकारलाई सचेत गराइन् ।

सांसद रखालले भनिन् ‘किसान असुरक्षित छन् । यस्तो अवस्थामा तालिक र गोष्ठीमा बजेट खर्च गर्नु भन्दा पीडितलाई राहत, क्षतिपूर्ति, रोकथाम, संरक्षण र किसानहरूको उचित व्यवस्थापनमा बजेट केन्द्रित गर्नु आवश्यक छ । त्यसैले अनुत्पादक प्रशासनिक खर्च घटाई जनतामुखी बजेट विनियोजन गरियोस् । सरकारले साधारण खर्च कटौती गर्ने दाबी गरेको छ । तर यर्थाथमा चालु खर्च अझै उच्च छ । किसानको उत्थानका कार्यक्रमहरू विगतको भन्दा पनि कम प्राथमिकतामा परेका छन् । सरकारले रोजगारीको अवसर सृजना हुने गरी कुनैपनि कार्यक्रम ल्याएको छैन ।’

सांसद रखालले सरकारले रोजगारीको अवसर सृजना हुने क्षेत्रमा कुनैपनि खालको कार्यक्रम ल्याउन नसकेको जिकिर पनि गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =