भदौ ४ गते देखि रिलायन्सकाे प्रारम्भिक शेयर निष्काशन

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले भदौ ४ गते देखि सर्वसाधारणमा रु.१०० अंकित दरका ६३,००,००० कित्ता शेयरको प्रारम्भिक निष्काशन गर्ने भएको छ ।

कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात् रु.६३ करोड रुपैयाँ बराबरको शेयर सार्वजनिक निष्काशन गरे पश्चात् कम्पनीको चुक्ता पूँजी रु.२ अर्ब १० करोड कायम हुनेछ । सो शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लि. रहेको छ ।

सार्वजनिक निष्काशन गरिने ६३,००,००० कित्ता शेयर मध्ये कम्पनीमा कार्यरत कर्मचारीको लागि ३,१५,००० कित्ता शेयर, नेपाल धितोपत्र बोर्ड बाट स्वीकृतिप्राप्त सामूहिक लगानी कोषको लागि ३,१५,००० कित्ता शेयर र बाँकी ५६,७०,००० कित्ता शेयर सर्वसाधरणको लागि निष्कासन गरिनेछ ।

बीमा समितिबाट पछिल्लो समय इजाजतप्राप्त १० नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सर्वसाधारणमा शेयरको सार्वजनिक निष्काशन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हुनेछ । कम्पनीले बजारको माग अनुरुप नयाँ तथा उत्कृष्ट बीमा योजनाहरु प्रतिस्पर्धात्मक बीमा शुल्कमा ल्याई आफ्नो सेवाको गुणस्तरलाई उच्च राखी कार्य गरिरहेको छ । साथै डिजिटाइजेशनलाई समेत आत्मसाथ गर्दै आफ्नो सेवाको गुणस्तर थप वृद्धि गर्न लागि परेको छ ।

सिद्धार्थ बैँक लि. लगायत नेपालका प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले मिति २०७४/०८/०१ गतेदेखि विधिवत् रुपमा जीवन बीमा व्यवसाय संचालन गर्दै हाल १०० वटा शाखा/उपशाखा कार्यालयहरु मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

शेयर निष्काशन सम्बन्धी बिस्तृत जानकारीको लागि कम्पनीको मिति २०७७/०४/२८ गतेको राष्ट्रिय दैनिकमा (कारोबार राष्ट्रिय दैनिकमा) प्रकाशित आह्वान पत्र वा कम्पनीको वेबसाइटमा हेनृ सकिने प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *