खैरहनीका बैंकहरुमा मेयर चौधरीको छड्के

चितवन । कोरोना भाइरसको सन्त्रास अहिले जताततै छ । ट्राभल हिस्ट्री नभएकाहरु देखि बैंकका कर्मचारिमा समेत कोरोना पोजेटिभ देखिन थालेको छ । कोरोना संक्रमणको जोखिम मध्ये एक बैंक तथा वित्तीय संस्था पनि हो ।

पछिल्लो पटक चितवनमा राष्ट्रिय बाणिज्य बैंक र प्रभु बैंकका कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि यसको त्रास बढ्दाे छ । त्रास रहिरहेका बेला खैरहनीका मेयर लालमणी चौधरीले आफ्नो नगरभित्रका बैंकहरुले स्वास्थ्य सुरक्षाका उपाय अपनाए, नअपनाएको बारे छड्के अनुगमन सुरु गरेका छन् ।

बैंकका कर्मचारी अनि सेवा लिन आएकाहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै सुरक्षा व्यवस्थाबारे संवेदनशील हुनुपर्ने भएकाले अनुगमन जरुरी रहेको मेयर चौधरीले बताए । कर्मचारी र सेवाग्राही पनि स्वास्थ्य सुरक्षामा चनाखो हुनुपर्ने मेयर चौधरीको भनाइ थियो ।

मेयर चौधरीले बिहीबार कृषि बिकास बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लगायतको अनुगमन गर्दै सचेत समेत गराएका छन्।

खैरहनीमा दुई दर्जन बढी बैंकहरु रहेका छन् । बैंकहरुमा सेवाग्राहीको भिड हुने भएकाले मास्क, सेनिटाइजर प्रयोग र सामाजिक दुरि कायम गरि सेवा लिन र दिन सो क्रममा मेयर चौधरीले आग्रह गरे । स्वास्थ्य जस्तो संवेदनशील कुरामा सरकारको मात्र मुख नताकी स्वयम् ब्यक्ति पनि सचेत हुनुपर्ने उनको भनाइ थियो ।

अनुगमनका क्रममा बैंकहरुले व्यवस्थापनमा अझ बढी ध्यान दिनुपर्ने देखिएको मेयर चौधरीले बताए । बैंकका प्रबन्धकहरुले कोरोनाको संकट भएपनि आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर सेवा प्रवाह गरिरहेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 1 =