थप ४ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ९५ः स्वास्थ्य मन्त्रालय

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार महोत्तरीका ४५ वर्षीय पुरुषको साउन २५ गते, धनुषाकी ८५ वर्षीय महिलाको साउन २८ गते, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *