‘कमेडी च्याम्पियन’ का विजेता हिमेश पन्तले पाए २५ लाखकाे कार

काठमाडौं । नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ का विजेता हिमेश पन्तले कार प्राप्त गरेका छन् । कमेडी च्याम्पियनको टिमले बुधबार कार हस्तान्तरण गरेको हो ।

गतवर्षको अन्त्यतिर आयोजित च्याम्पियनमा पन्त प्रतियोगी सुमन कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै कमेडी च्याम्पियन बनेका थिए । कोरोनाका कारण फाइनल घोषणा भएको करिब ६ महिनापछि मात्रै हिमेशले पुरस्कार पाएका हुन् ।

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी तथा कान्तिपुर टेलिभिजनका स्टेशन म्यानेजर दिनेश डिसीले हिमेशलाई एक समारोहका बिच कार हस्तान्तरण गरे । उक्त कारको मूल्य २५ लाख रुपैयाँ परेको बताइएको छ ।

कमेडि च्याम्पियन सिजन २ को डिजिटल अडिसन सुरुवात हुने तरखरमा छ । यो सिजनमा पनि पहिलो सिजनकै निर्णायकहरु सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा, प्रदीप भट्टराईले निरन्तरता पाउने छन् । कार्यक्रम अभिनेत्री रीमा विश्वकर्माले नै सञ्चालन गर्ने निर्माण युनिटले बताएकोे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *