कमलादी सुन प्रकरणः इल्ताफ हुसेन अन्सारी पक्राउ

काठमाडौं । कमलादीमा भेटिएको साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुनकाण्डमा फरार भनिएका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् ।

घटना भएकाे दिन काठमाडौंको कमलपोखरीबाट बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडीलाई प्रहरीले पछ्याएपछि सुन चाँदी भएको झोला फ्याँकेर स्कर्पियो भागेको थियो । त्यसयता महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुले उनको खोजी कार्य तीव्र बनाएकाे थियाे । खाेजीकै क्रममा काठमाडौं प्रहरी परिसरको समन्वयमा पर्साको टोलीले बाराको निजगढबाट उनलाई नियन्त्रणमा लिएको हो । स्कोर्पियो पनि उनैकाे भएकाे खुलेकाे छ ।

बाराको प्रस्टोखा–२, हरपुर घर भइ हाल वीरगञ्जमा बस्ने अन्सारी पेट्राेल पम्प सञ्चालक समेत हुन् । उनी २८ असार २०६८ सालमा बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँको मुख्य कारोबारी समेत थिए । उनी नक्कली नाेट काराेबारमा प्राय मुछिइरहेका हुन्छन् । उनी यसअघि पनि पक्राउ परिसकेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =