तरुण दल द्वारा फलफुल तथा स्वास्थ्य सामग्री वितरण

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्वर्गिय शुशील कोइरालाको ८१ औं जन्म जयन्तीका अवसरमा नेपाल तरुण दलले फलफुल तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

आज नेपाली काँग्रेसका तत्कालिन पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय कोइरालाको ८१ औं जन्म जयन्ती तथा अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा तरुण दल केन्द्रीय समितिले वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठि (आमा घर) कालिमाटी रवि भवनमा फलफुल तथा स्वास्थ्य सामग्री) वितरण गरेको हो ।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थितिमा फलफुल तथा स्वास्थ्य सामग्री वितरण गरीएको थियो ।

उक्त कार्यक्रमलाई नेपाली काँग्रेस ललितपुर जिल्ला कार्यसमितिका आ. सदस्य सन्तोष राज केसी र नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य रवि थापाले सहयोग गरेको तरुण दलले जनाएको छ ।

स्वर्गिय नेता शुशील कोइरालालाई सादगी जीवन व्यतित गर्ने नेताका रुपमा लिइन्छ । उनले नेपाली कांग्रेसबाट आजीवन राजनीति गर्दा कहिल्लै भौतिक सुख सुविधा खोजेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =