सुनको मूल्यमा उच्च गिरावट, तोलाको ६ हजार २०० रुपैंयाले घट्यो

काठमाडौं । बुधबार सुनको भाउमा गिरावट आएको छ । सुनको भाउ एकैदिन तोलाको ६ हजार २०० रुपैंयाले घटेर ९५ हजार ४०० निर्धारण भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । मंललबार छापावाल सुन तोलाको एक लाख १ हजार ६०० रुपैंया निर्धारण गरिएको थियो ।

अन्तराष्ट्रिय बजारमै सुनको भाउ उच्च दरले घट्न पुगेपछि नेपाली बजारमा समेत घटेको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंस १८८४ डलरमा कारोबार भइरहेको छ ।

चाँदी भने तोलाको १ हजार २१० रुपैंयामा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउ एक्कासी उच्च रुपले गिरावट आउनुको मुख्य कारण भनेको कोरोना भाइरस विरुद्धको पहिलो भ्याक्सिन रसियामा दर्ता घोषणा हुनु नै हो । कोरोना त्रासका विच आश जगाउने समाचार प्रशासित भएसँगै सुनको भाउ ओरालो लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *