वीपी प्रतिष्ठान र पाटन अस्पतालमा उपचाररत थप दुई संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको पाटन अस्पताल र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा उपचाररत धनुषाको जनकपुरकी ३८ वर्षीया महिलाको आज मृत्यु भएको हो । उनी साउन १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी थिइन् ।उता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका २ मोरङ घर भएका ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

उनी हप्ता दिन अगाडि प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना भएका थिए । उनको आज मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *