बुढीगंगाले पुल बगाउँदा बाजुरामा गाउँ नै सम्पर्कविहीन

बाजुरा । बाजुराको बुढीगंगा नदीमा आएको बाढीले झोलुंगे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ । पुल बगाएकाले नदी तर्न नसक्ने अवस्था हुँदा गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको गाँउपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिइन् ।

प्रहरी र गाउँपालिकाको टोली सोमबार नै उक्त गाउँतर्फ हिँडेको थियो। नदी तर्न कुनै उपाय नहुँदा टोली फिर्ता भएको र हेलिकप्टरमार्फत उद्धार गर्नुबाहेक कुनै विकल्प नरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताए।

पुल बगाउँदा दुई दिनदेखि गाउँ नै सम्पर्कविहीन छ। त्यहाँ कोही जान सकेको छैन भने सञ्चार सम्पर्क पनि छैन। बाढीले कति क्षति भयो भन्ने कुनै जानकारी हुन नसकेको गाउँपालिकाले जनाएको छ। पुलसँगै बस्तीसमेत जोखिममा परेको र केही घरसमेत बगेको स्थानीयवासी रामबहादुर बुढाले बताए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *