गीतकार शोभा केसीको तीज गीत ‘छमछम बजाउँदै चुरा‘ बजारमा (भिडियाेसहित)

काठमाडौँ । सञ्चारकर्मी सूर्य चन्दको निर्देशनमा गीतकार शोभा केसीको तीज गीतिभिडियाे ‘छमछम बजाउँदै चुरा’ सार्वजनिक भएको छ । गायिका देविका बन्दनाको स्वर, सम्राट थापाको सङ्गीत र एरेन्जमा रहेको गीतको भिडियो ओएसआरकाे युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएकाे हाे ।

नेपाली हिन्दू नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा शर्मिला मल्ल, मोडल सुजना बर्देवा, सौन्दर्यविद् सोनी काररंन्जित, फेसन डिजाइनर इन्ता श्रेष्ठलगायतलाई फिचरिङ गरिएको छ ।

शिव विकको कोरियोग्राफी रहेको भिडियोमा अजय रेग्मीको छायांकन, पदम सुवेदीको सम्पादन रहेको छ । भिडियोको निर्माता शोभा केसी हुन् । गीतकार तथा साहित्यकार शोभा केसीको यस वर्ष यो दोस्रो तीज गीत हो । उनले केहीदिन पहिला आफ्नै स्वरमा ‘दुई बिता सारेर‘ लिएर आएकी थिइन् ।

भिडियाेः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *