गोल्डेन अस्पतालको आकस्मिक र डायलसिस सेवा बन्द

विराटनगर । गोल्डेन अस्पतालको आकस्मिक कक्ष शिल गरिएकाे छ । अस्पतालको स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पुष्टि भएपछि आकस्मिक कक्ष शिल गरिएको हो । डायलसिस सेवा पनि बन्द गरिएकाे छ ।

२० गते अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर जाँचका लागि श्वाब संकलन गरिएको अस्पतालका प्रशासन प्रमुख सन्तोष मेहताले जानकारी दिए । ३ दिन अगाडी संकलन गरिएको स्वाब परिक्षणको आज (बिहीबार) रिपाेर्ट आएपछि अस्पताललाई जानकारी भएको अस्पताल प्रशासनले जनाएको छ ।

उक्त रिपाेर्टमा एक जना कर्मचारी र २ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको मेहताले जानकारी दिए । उनका अनुसार अस्पतालको आकस्मिक विभाग र डाइलोसिस विभागमा काम गर्ने २ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि तत्कालका लागी आकस्मिक कक्ष र डाइलासिस कक्ष बन्द गरिएको हाे ।

अस्पताल प्रशासनको सुचना अनुसार आज (बिहिबार) को मितिदेखि अर्को सुचना नआएसम्म साे सेवा बन्द रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *