विद्यार्थीमा नेतृत्व क्षमता विकास गर्न तालिम

काठमाडौँ। विद्यालय स्तरका विद्यार्थीहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘लिडरसिप डेभलपमेन्ट ट्रेनिङ’ कार्यक्रम भ्याली पब्लिक हाई स्कुलमा सम्पन्न भएको छ।

‘बिल्डिङ लिडरसिप, ब्रान्डिङ बुढानीलकण्ठ’ नारासहित आयोजित कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, जनप्रतिनिधि, शिक्षक तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यालयका स्कुल क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेन तथा अन्य विद्यार्थी नेताहरू पनि तालिममा सहभागी थिए।

कार्यक्रममा नगर प्रमुख अधिकारीले नेतृत्व सानै उमेरदेखि विकास गर्नुपर्ने गुण भएको बताउँदै यस्ता तालिमले विद्यार्थीहरूलाई जिम्मेवार नागरिक र सक्षम नेतृत्वकर्ताका रूपमा तयार गर्न सहयोग गर्ने बताए।

उपप्रमुख लामाले नेतृत्व विकाससँगै अनुशासन, नैतिकता, सकारात्मक सोच र सामाजिक उत्तरदायित्व पनि महत्त्वपूर्ण हुने उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, निर्णय क्षमता र सहकार्यको भावना विकास गर्न मद्दत गर्ने बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =