संसद सचिवालयका प्रवक्ता पाण्डेलाई पनि कोरोना संक्रमण

काठमाडौँ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे पनि काेराेना भाइरस (काेभिड १९) बाट संक्रमित भएका छन् ।

प्रवक्ता पाण्डे वैज्ञानिक वन व्यवस्थापन सम्बन्धी अध्ययनका लागि हालै तराईको विभिन्न जिल्ला गएर फर्किएका थिए । उनीसँगै गएका अध्ययन उपसमितिका संयाेजक प्रदीप यादवलाई संक्रमण पुष्टि भएपछि टाेलीका सबैकाे स्वाब परीक्षण गरिएकाे थियाे ।

परीक्षण गरिएकामध्ये पाण्डेकाे मात्रै रिपाेर्ट पाेजेटिभ आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *