अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ: प्रेमप्रसाद दंगाल

काठमाडौँ । राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले अर्थमन्त्री डा. प्रेमप्रसाद दंगालले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

संसद्मा आर्थिक विधेयक र आय, व्ययको अनुमान समेत प्रस्तुत भइसकेपछि करको दर हेरफेर गर्ने अपराध गरेकाले अर्थमन्त्री वाग्लेले पदबाट राजीनामा दिनुपर्ने उनको तर्क थियो ।

सोमवार प्रतिनिधि सभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै नेता दंगालले संसदीय छानबिन समिति गठनगरी अर्थमन्त्रीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने पनि बताए । उनले सरकारले ल्याएको बजेटले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य नलिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले भने ‘संसद्मा राजश्व र व्ययको अनुमान र आर्थिक विधेयक प्रस्तुत भइसकेपछि करका दरहरू हेरफेर गरियो । यो घटनाको सत्यतथ्य तत्काल छानबिन गर्न जरुरी छ । र, दोषउपर कडा कारबाही गर्न जरुरी छ । यत्रो घटना नेतृत्वको संलग्नता बेगर सम्भव नै छैन । त्यसो हुनाले अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्दछ । संसदीय छानबिन समिति गठन गर्नुपर्दछ ।’

नेता दंगालले सरकारले बजेटमा राखेका राम्रा प्रावधानहरू पनि कार्यान्वयन हुनेमा शंका व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =