सौराहाका लागि विद्युतको छुट्टै फिडर

चितवन । पर्यटकीय क्षेत्र चितवनको सौराहामा विद्युत आपूर्ती सहज बनाउन छुट्टै फिडरको व्यवस्था मिलाईएको छ । भोल्टेज अपडाउन हुने समस्याले यस क्षेत्रको पर्यटन व्यवसायलाई असर पुर्याउँदै आएको थियो ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टाँडी शाखाले पर्सा सवस्टेशनबाट सोझै सौराहामा फिडरको व्यवस्था गरेको केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले बताए । पर्सा सवस्टेशनबाट खैरहनी, कुमरोज हुँदै सौराहा जोडिने फिडरबाट विद्युत प्रवाह हुँदै आएको थियो । तर अहिले सवस्टेशनबाट पूर्वपश्चिम राजमार्गको दक्षिणी तर्फबाट सौराहा चोक र चित्रसारी हुँदै सौराहामा पोल विस्तार गरेर विद्युत आपूर्तीको व्यवस्था मिलाईएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टाँडी शाखा प्रमुख श्रीवास्तवले जानकारी दिए ।

छुट्टै फिडरसँगै भोल्टेज पनि बढाईएको छ । पहिले २ सय २० भोल्टेज प्रवाह हुदे गरेकोमा अहिले २ सय ४५ भोल्टेज विद्युत प्रवाह गरिएको छ । सवस्टेशनदेखि सौराहाम्म लामो दुरीका कारण समस्या थियो केन्द्रका प्रमुख श्रीवास्तवले भने – ‘अहिले भोल्डेज पनि वढाईएको छ, दुरी पनि कम छ, यसले अव सौराहामा भोल्टेज अपडाउनको समस्या हुँदैन् । छुट्टै फिडर निर्माण गरिएपछि अब रत्ननगर ५, ६ र ७ मा होटल तथा रेस्टुरेन्ट व्यवसायी तथा अन्य ग्राहकलाई सहज हुने केन्द्रको विश्वास छ ।’

तीन वटा वडामा करिब ३ हजार ६ सय विद्युतका ग्राहक रहेको सौराहा फ्युज सेवा इन्चार्ज दिलिप उप्रेतीले बताए । सौराहा फिडरका लागि झण्डै डेढ करोड खर्च भएको छ । सौराहा बाहेक पनि अन्य क्षेत्रका लागि छुट्टा छुट्टै फिडरको व्यवस्था गरिएकाले अब भोल्डेज अपडाउनको समस्या नरहने केन्द्रका प्रमुख श्रीवास्तवले बताए । भरतपुरबाट रत्ननगरका लागि ल्याईएको फिडर सहित अब पूर्वी चितवनमा ७ वटा फिडर भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *