लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट
२०७७ साउन १९ गते

काठमाडौँ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त भएका छन्। भट्टलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
तत्कालीन कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त भएसँगै रिक्त रहेको उक्त पदका लागि सरकारले खुल्ला प्रतिस्पर्धाबाट छनौट प्रक्रिया अघि बढाएको थियो ।
अन्तिम छनौटमा परेका सुशील भट्ट, रामकृष्ण खतिवडा, डा. सरोज कोइराला र लक्ष्मी विलास कोइरालाको नाम छनौट समितिले मन्त्रिपरिषद्मा पठाएको थियो ।
२०७७ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित








