काठमाडौंका ट्याम्पो चालकलाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौंमा ट्याम्पो चलाउँदै आएका एक जना चालकमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

काठमाडौंस्थित टेकु अस्पतालमा गरिएको परीक्षणमा सफा ट्याम्पोका एक पुरुष चालकमा कोरोना संक्रमण पुष्टि भएको हाे । ती संक्रमित पुरुष चार दिनअघि मात्र सुदूरपश्चिमबाट काठमाडौं उपत्यका आएका थिए । उनलाई अहिले आइसोलेसनमा राखिएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले जनाएकाे छ ।

सरकारले असार २६ गतेदेखि उपत्यकाभित्र तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी सञ्चालनमा ल्याएको थियो । साउन ७ गतेदेखि जोर-बिजोर प्रणाली खारेज गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + one =