बन्दुधारीहरुले १४ गाउँलेलाई गोली ठोकी मारे

एजेन्सी । बन्दुकधारीको एक समूहले नाइजेरियामा १४ गाउँलेको हत्या गरेका छन् ।

त्यहास्थित कोगी राज्यमा आक्रमण गरी १४ जना गाउँलेको हत्या गरेका सिन्ह्वाले जनाएको छ । राज्यका प्रहरी प्रमुख एडी आयुबाका अनुसार मारिएकामध्ये १३ जना एकै परिवारका सदस्य छन् ।

उनीहरु कोगी प्रान्तको आग्बुडु गाउँका निवासी रहेको पनि आयुबाले बताए । बन्दुकधारीको आक्रमणका कारण अरु छ जना गम्भीर घाइते भएका छन् ।

आक्रमण गर्नुको खास कारण अझै थाहा हुन सकेको नसकेको त्यहाँको प्रहरीले जनाएको छ । हत्या गरिएका सबैलाई बन्दुकको गोली लागेको छ ।

प्रहरी प्रमुख आयुबाले सुरक्षाकर्मीहरु उक्त गाउँमा पुग्नुअघि नै आक्रमणकारीहरु फरार भएको बताए । उनले घटनाको अनुसन्धान सहित आक्रमणकारीको खोजी भइरहेको जानकारी दिए। रासस/सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *