घाटा र लोडसेडिङमुक्त गराउने कुलमान घिसिङको कार्यकाल सकिँदै, पुनः उनैले पाउलान त ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल अर्को महिना सकिँदैछ । उनको चार वर्षे कार्यकाल आउँदो भदौ २९ गते सकिनेछ । विसं २०७३ साल भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल सकिन लागेको हो ।

दैनिक १८ घन्टा लामो लोडसेडिङ हटाउन र ९ अर्ब रुपैयाँ घाटामा रहेका प्रधिकरणलाई नाफामा लगी घिसिङ सफल भएका छन् । विद्युत चुहावट न्यूनीकरण र रुग्ण आयोजनाको निर्माण सम्पन्नका लागि काम लगायतका काम गरेर चरम घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेर चर्चा कामाएका कुलमानलाई सरकारले पुनः नियुक्त गर्ला कि नगर्ला भन्ने बसह शुरु भएको छ ।

घिसिङलाई अर्कोे कार्यकालका लागि कार्यकारी निर्देशकमा पुनः नियुक्ती गर्नको लागि सरकारलाई सहज र सरल पनि छ । उनलाई पुन नियुक्ति गर्ने कि नगर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा मन्त्री वर्षमानको निर्णयमा भर पर्ने देखिन्छ ।

हिउँदमा १८ घन्टा र बर्खायाममा दैनिक ८ घन्टासम्मको लोडसेडिङ रहेको अवस्थामा अन्त्य गर्दै २०७३ सालको लक्ष्मीपूजाको दिनदेखि काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएका थिए । देश अहिले बर्खायाममा बिजुली बेच्ने अवस्थामा पुगेको छ ।
कुलेखानी तेस्रो र चमेलियालगायतका रुग्ण जलविद्युत आयोजना सम्पन्न गरेका कुलमानले प्रशारणलाइन र सबस्टेसनको निर्माण र मर्मतलाई पनि उत्तिकै प्राथमिकता दिएका थिए ।

विसं २०७३ सालमा कार्यकाल सम्हाल्दा ९ अर्ब रुपैयाँ घाटामा रहेका प्राधिकरणलाई घिसिङले आर्थिक वर्ष २०७५/७६ सम्म ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफामा पुर्याउन सफल भएका थिए । आर्थिक वर्ष ०७५/७६ मा आइपुगदा ७३ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको थियो । जथाभावी रुपमा राखिएको तारलाई काठमाडौं उपत्यकमा अन्डरग्राउन्ड गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *