सुनको मूल्य निरन्तर उकालो, कारोबार भने ठप्प

काठमाडौं । सुनचाँदीको मूल्य आज पनि वृद्धि भएको छ । हिजो प्रतितोला ५ सय रुपियाँ बढेको सुनको मूल्य आज प्रतितोला १ हजार २ सय बढेर कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि हिजो प्रतितोला ५ रुपियाँ बढेको थियो । आज एकैदिन ५५ रुपियाँ बढेर किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९७ हजार ६० रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय १० रुपियाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन प्रतितोला ९६ हजार ३ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९५ हजार ८ सय ६० रुपियाँ र चाँदी प्रतितोला एक हजार १ सय ५५ रुपियाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको हो । मूल्य वृद्धि भए पनि सुनचाँदीको कारोबार भने सामान्य रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *