कोरोना संक्रमणमुक्त बन्‍यो जुम्ला, स्वास्थ्यकर्मी सम्मानित

जुम्ला । जुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एकजना संक्रमित हिजो निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएको हो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरज थापाले भने, “प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक कामले यो सफलता प्राप्त भएको हो । अझै कोरोनाको जोखिम कायम रहेको हुँदा सावधानी अपनाउन म आग्रह गर्दछु ।”

आइसोलेसनमा बाँकी रहेका एकजनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि संक्रमितको सङ्ख्या शून्य भएको प्रतिष्ठानका कोरोना फोकल पर्सन प्राडा धीरज गुरुङले बताए । संक्रमित शून्य भएपछि कोरोनाविरुद्धको अभियानमा काम गर्ने सबै स्वास्थ्यकर्मीलाई हिजो सम्मान गरिएको थियो ।

जुम्लामा परीक्षण गरिएकामध्ये ६९ जनालाई कोरोना संक्रमण देखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए । उनीहरू सबै निको संक्रमित मुक्त भएर घर फर्केका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *