उद्योग वाणिज्य महासंघको चुनाव पुनः सर्‍यो

काठमाडौं । साउन २६ र २७ गतेका लागि तय भएको नेपाल उद्योग वाणिज्य महासंघको चुनाव पुनः सरेको छ । सरकारले भदौ १ गतेसम्म सभा, सम्मेलन गर्न नपाइने निर्णय गरेसँगै महासंघको चुनाव फेरि सरेको हो ।

महासंघका निवर्तमान अध्यक्ष पशुपती मुरारकाअनुसार महासंघका पूर्वअध्यक्षहरुसहितको पदाधिकारी बैठकले सरकारले सभा, सम्मेलन गर्न दिने गरी गरेको निर्णयदेखि १५ दिनभित्र साधारणसभा गर्ने निर्णय भएको छ । सरकारले भदौ १ गतेसम्म सभा, सम्मेलन गर्न नदिने निर्णय गरेकोले साउन २६ र २७ गतेका लागि तोकिएको ५४ औँ वार्षिक साधारणसभा सरेको हो ।

सरकारले कहिलेदेखि सभा, सम्मेलन गर्न पाइन्छ स्पष्ट नगरेकाले स्पष्ट पारेको १५ दिनभित्र साधारण सभा गर्ने महासंघले निर्णय गरेको छ ।

यसअघि गत चैत २८ र २९ गतेका लागि तोकिएको महासंघको साधारणसभा लकडाउनका कारण सर्दै आएको छ । पछिल्लोपटक साउन २६ र २७ मा गर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *