उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष बनाउन लागेका चन्डीराज र पशुपति, कसको प्रभाव कति ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी माहोल बढेको छ । पछिल्लो समयमा उद्योगीका नेताहरु चुनावका लागि मैदानमा उत्रिएका छन् । महासंघको चुनावमा पूर्व अध्यक्षहरुको भूमिका महत्वपुर्ण हुने गरेको छ ।

साउन २६ र २७ गते हुने चुनावका लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन् । पहिलेको महाधिवेशनमा पनि पूर्व अध्यक्षहरुको राम्रो नै हुने गरेको थियो ।

प्यानल बनाएर वरिष्ठ उपाध्यक्षको चुनावी प्रतिस्पर्धामा आएका चन्द्र ढकाललाई चन्डीराज ढकाल र किशोर प्रधानलाई पशुपति मुरारको साथ छ । चण्डीराज ढकाल व्यवसायमा कमजाेर भएपनि महासंघको राजनीतिमा सफल छन् । मुरारकाले व्यवसायमा सफल भएसँगै महासंघको राजनीतिमा पनि सक्रियता बढाएका छन् ।

अहिले पूर्वअध्यक्ष ढकाल वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालको टीमलाई जिताउन भोट माग्दै हिँडेका छन् । पूर्वअध्यक्ष मुरारका भने वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको टीमलाई जिताउन भोट माग्दै हिँडेका छन् ।

ढकाल र मुरारकाको उद्योगीहरुसँग कस्तो छ सम्बन्ध ?

चन्डीराज ढकाल र पशुपती मुरारका नै उद्योगी र व्यवसायीका समस्या समाधान गर्न सहयोग गर्दछन् । सजिलैसँग उद्योगीहरुलाई भेटने, फोन मार्फत् पनि समस्या सुनिदिने, सरकारसँग उद्याेगीका समस्यालाई सामाधान गर्न पहल गर्ने गर्दछन् । यी नै कारणले उद्योगीहरुले ढकाल र मुरारकालाई उद्योग क्षेत्रको नेता मान्ने गरेका छन् ।

राजनीतिक बल प्रयोग गर्न उद्योगीले चन्डीराज ढकाललाई सम्झने गरेका छन् भने प्रशासनिक समस्याका लागि मुरारकालाई सम्झने गरेका छन् । उद्योगीहरुले दुवै पूर्व अध्यक्षको सहयोग लिने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *