नयाँ उद्योग खोल्नेलाई सरकारले ५० लाख ऋण दिने, २ प्रतिशत मात्रै ब्याज

काठमाडौं । सरकारले नयाँ उद्योग खोल्नेहरुका लागि ५० लाख ऋण दिने भएको छ । नयाँ उद्योग सञ्चालन गर्नेहरुका लागि सरकारले २ प्रतिशत ब्याजमा ५० लाख ऋण दिने भएको हो ।

राष्ट्रिय योजना आयोगले अनुदानमा दिने ५० लाखलाई नै ऋणमा परिणत गर्न लागेको हो । अनुदान वितरण गर्ने भन्दै आयोगले बैशाख २९ गते सूचना जारी गरेको थियो । स्रोत सुनिश्चित नभएपछि नवप्रवर्तन शुरुवाती पुँजी कार्यक्रमको कार्यविधि नै परिमार्जन गरेर ऋण प्रदान गर्न लागेको हो ।

राष्ट्रिय योजना आयोगका सहसचिव किरण जोशीले स्रोत सुनिश्चि नभएपछि अनुदानलाई ऋणमा परिमार्जन गर्न लागेको बताए । नवप्रवर्तन शुरुवाती पुँजी कार्यक्रमको कार्यविधि परिमार्जन भएपछि कसरी र कतिलाई २ प्रतिशतमा ऋण दिने भनेर प्रष्ट हुने जोशीकाे भनाइ छ ।

५० लाख अनुदानको लागि भनेर ७ सय व्यक्ति तथा संस्थाले आवेदन दिएका थिए । ती आवेदन दिएका संस्था तथा व्यक्तिहरुले परिमार्जित कार्यविधि अनुसार आवेदनको ढाँचा बदल्नुपर्ने भएको छ । ऋण लिन नचाहानेहरुले भने पहिलेको आवेदन फिर्ता लिन सक्ने आयोगले बताएको छ ।

अर्थ मन्त्रालयले आयोगलाई कोराेनाको कारणले अनुदान रकम दिन नसक्ने भन्दै कार्यविधि नै परिमार्जन गरि ऋण दिन भनेको थियो । कार्यक्रमको समय २ महिना थप गरी आयोगले काम थालेको हो । एउटै कार्यक्रममा अनुदान र ऋण हुन नसक्ने भएकोले आयोगले कार्यविधि नै परिमार्जन गर्न लागेकाे हाे ।

आयोगले सूचना निकाल्दै अनुदानको कार्यक्रमलाई कोरोनाको कारणले कार्यान्वयनको उचित व्यवस्था मिलाउन असहज परिस्थिति भएको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *