नवनियुक्त कर्मचारी सिटरोल लिन काठमाडौँ नपुग्दै भाइरल बन्यो तस्बिर

काठमाडौँ । यति बेला सामाजिक सञ्जालमा एक सरकारी नम्बर प्लेटको मोटरसाइकल भाइरल नै बनेको छ । सरकारी नम्बरको मोटरसाइकलको दुरुपयोग भन्ने पनि खुबै चर्चा भएको छ । बेला बेलामा यस्ता घटनाहरू भइरहने भए पनि यो तस्बिरले भने निकै चर्चा कमाएको छ ।

सेतो नम्बर प्लेटको उक्त मोटरसाइकलमा दुई जना सवार थिए । एक जना चालक थिए भने पछाडि एक जना महिला पनि थिइन् । तस्बिर भाइरल हुनुको कारण पछाडि बसेकी महिलाको ड्रेस अप र सेतो नम्बर प्लेटको सरकारी मोटरसाइकल नै हो ।

तस्बिरले निकै चर्चा बटुलेपछि उक्त मोटरसाइकलको बारेमा अनुसन्धान भएको छ । अनुसन्धानमा मोटरसाइकलमा सवार दुवै जना धादिङस्थित गल्छी गाउँपालिकाका नवनियुक्त कर्मचारी रहेको खुलेको छ । एउटा त कर्मचारीको ड्रेस मर्यादित हुनुपर्ने त्यसमा पनि सरकारी मोटरसाइकल प्रयोग गर्दा ड्रेसले पनि प्रभाव पारेको देखिन्छ । सामाजिक सञ्जालमा निकै भाइरल बनेको उक्त तस्बिरले मोटरसाइकलमा सवार युवतीमा मानसिक असर पर्ने सम्भावना पनि उत्तिकै रहेको छ ।

यातायात व्यवस्था विभागले गरेको अनुसन्धानमा प्रदेश–३–०२–००१बा–१४१२ नम्बरको मोटरसाइकल धादिङ स्थित गल्छी गाउँपालिकाको रहेको बताइएको छ । गाँउपालीकाले अत्यावश्यक सामाग्री ओसार पसार (स्टोर) प्रयोजनका लागि उक्त मोटरसाइकल प्रयोग गर्दै आएको बताइएको छ । सरकारी मोटरसाइकलमा सवार युवती र चालक युवा दुवै सरकारी कर्मचारी नै रहेको विभागको अनुसन्धानमा खुलेको छ । उनीहरू दुवै जना नवनियुक्त कर्मचारी भएको र सिटरोल (सरकारी कर्मचारीको लागि दिइने सङ्केत नम्बर) भर्न धादिङबाट काठमाडौँ आएको खुलेको छ ।

सरकारी नम्बरको मोटरसाइकल चालक गल्छी गाउँपालिकामा कार्यरत इन्जिनियर रहेको र उक्त मोटरसाइकलमा सवार युवती पनि सोही गाँउपालीकामा कार्यरत सव–इन्जिनियर भएको बताइएको छ ।
उनीहरू दुवै जना गाउँपालिकाबाट स्वीकृति लिएर काठमाडौँ स्थित निजामती किताब खानामा सरकारी सिट रोल लिन आएको खुलेको छ ।

दुवै जना गल्छी गाउँपालिका कर्मचारी भएको र सरकारी सेवामा प्रवेश गरेपछि सङ्केत नम्बर लिन काठमाडौँ आएका गल्छी गाँउपालीकाका प्रशासकीय प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए । सरकारी सेवामा प्रवेश पछि कर्मचारीका लागि सिटरोल अर्थात् सरकारी सङ्केत नम्बर आवश्यक पर्छ । सरकारी मोटर साइकल पनि गल्छी गाँउपालीकाकै स्वामित्वमा रहेको भन्दै श्रेष्ठले मोटरसाइकलमा सवार कर्मचारीले लगाएको कपडाको विषयमा प्रश्न उठेको बताएका छन् । उनले यस विषयमा सत्य तथ्य बुझेर कारबाही प्रक्रिया अगाडी बढाउने बताए ।

सरकारी सवारी साधन सञ्चालन तथा प्रयोग सम्बन्धी निर्देशिका २०७२ मा सरकारी कर्मचारीले सवारी साधन सम्बन्धी निर्देशिका जारी गरिएको छ । जस अनुसार राजपत्राङ्कित विशिष्ट श्रेणी तथा प्रथम श्रेणीका कर्मचारीले सरकारी सवारी साधनको उपयोग गर्न पाउने व्यवस्था छ । सरकारी सवारी साधन प्रयोगकर्ताले सरकारी सम्पत्तिको उचित संरक्षण गदै मितव्ययी रूपमा सरकारी सवारी साधन प्रयोग गर्नु पर्छ । साथै आफूले प्रयोग गरेको सवारी साधनको उचित प्रयोग र त्यसको जबाफदेहिता स्वयं सवारी चालककै हुनेसमेत उल्लेख गरिएको छ ।

जस अनुसार सरकारी नम्बर प्लेटको सवारी चालक र सवार दुवै सरकारी कर्मचारी नै भएको र उनीहरूले लगाएको कपडाको मर्यादाबारे कारबाही स्वरूप सचेत गराउने वा कारबाही नै हुने भन्ने विषयमा गाउँपालिकामा छलफल भइरहेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =