मदन पुरस्कारका लागि १० उत्कृष्ट कृति सार्वजनिक

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरेको छ। यस वर्ष विभिन्न विधाका २९८ पुस्तक मूल्याङ्कनका लागि प्राप्त भएकामध्ये उत्कृष्ट १० कृतिलाई अन्तिम मनोनयनमा समावेश गरिएको गुठीले जनाएको छ।

गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार मनोनयनमा परेका कृतिहरूमा ‘अज्ञान’ (केशवराज ज्ञवाली), ‘इथा’ (केशव दाहाल), ‘उत्कर्ष’ (ललित विष्ट), ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ (रोशनकुमार झा), ‘नेवार समुदायका परम्परागत मृत्युगीत’ (वीणा जोशी (राजभण्डारी)), ‘परिधि’ (उमा सुवेदी), ‘महायुग’ (सीमा आभास), ‘सलह’ (श्रवण मुकारुङ), ‘स्वप्नस्पर्श’ (डा. नवराज केसी) र ‘हिउँद’ (नदीशा) रहेका छन्।

मदन पुरस्कार नेपाली भाषामा प्रकाशित उत्कृष्ट मौलिक कृतिलाई प्रदान गरिने प्रतिष्ठित साहित्यिक सम्मान हो। प्रत्येक वर्ष प्रकाशित कृतिहरूमध्ये विभिन्न चरणको मूल्याङ्कनपछि उत्कृष्ट कृतिको छनोट गरिन्छ। यस वर्ष पनि अन्तिम विजेताको घोषणा यी १० कृतिमध्येबाट गरिने गुठीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + twenty =