शेयर बजार खुले लगत्तै लाग्यो सर्किट

काठमाडौँ । शेयर बजारमा पोजेटिभ सर्किट लागेको छ । बजार खुलेको केही समयमै ४ प्रतिशतले परिसूचक बढ्दा नेप्सेले २० मिनेटको लागि कारोबार रोकेको छ ।

बजार खुल्ने बित्तिकै ६०.३४ अंकले बढेर परिसूचक १५३९.३७ बिन्दुमा पुगेको छ । हिजो पनि शेयर बजारमा ३ पटक पोजेटिभ सर्किट लागेपछि १ घण्टा १० मिनेटमै कारोबार दिनभरका लागि बन्द गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *