करिश्माकाे ‘श्रावण नक्कल’ 

काठमाडौं । नेपाली नारीहरुका लागि साउन महिना विशेष हुन्छ । यो महिना उनीहरु भगवान शिवको व्रत बस्ने मात्र हाेइन, आफुलाई हरियो, पहेँलो पहिरन, श्रृंगार लगायतले सजाउने गर्दछन् ।

यस्तै नेपाली फिल्म क्षेत्रकी सदावहार अभिनेत्री करिश्मा मानन्धरले पनि यो वर्षको साउन विशेष तरिकाले मनाएकी छिन् ।उनले हालै सार्वजनिक गरेको तस्बिरबाट पनि उनलाई साउन लागेको अनुमान लगाउन सकिन्छ ।

करिश्माले अहिले सामाजिक सञ्जाल फेसबुकबाट हरियो सल ओढेको,सेतो कुर्ता, हात हरियो, पहेँले र रातो रंगको चुरा लगाएको केही तस्बिरहरु सार्वजनिक गरेकी छन् । जसमा उनी निकै आकर्षक पनि देखिएकी छिन् । फेसबुकमा तस्विरसँगै उनले क्याप्सन पनि लेखेकी छिन्  ‘श्रावण महिनाको नक्कल ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *