लघुवित्तको लागि मौद्रिक नीति स्वागत योग्य छः अध्यक्ष पोखरेल

काठमाडौं । लघुवित्त संघ, नेपालका अध्यक्ष जगत बहादुर पोखरेलले कोरोनाले प्रभावमा पारेको लघुवित्तलाई पुनरुत्यान गर्ने मौद्रिक नीति आएको बताएका छन् । देशको समग्र अर्थतन्त्रलाई नै पुनरुत्थान गर्नेगरि मौद्रिक नीति आएको छ ।

‘लघुवित्त संस्थाले १५ प्रतिशत ब्याजदरमा कर्जा दिनुपर्ने व्यवस्थाले भने साना तथा नयाँ कम्पनी प्रभावित हुने छ, नयाँ कम्पनी खोल्न बन्द गर्ने र भएकाहरुलाई पनि मर्ज गराउने नीति राम्रो छ, सञ्चान भहिरहेको कम्पनीले नयाँ शाखा खोल्न पाउने नीति राम्रो छ, पोखरेलले भने ।

मौद्रिक नीतिले लुघुवित्त संस्थाको नयाँ लाइसेन्स रोकेको छ । त्यसलाई भने संघले स्वागतयोग्य भनेको छ । तर लघुवित्त संघ नेपालको आधारिक प्रतिक्रिया भने आज सावर्जनिक गर्ने छ । नेपाल राष्ट्र बैंकले गत शुक्रवार सार्वजनीक गरेको मौद्रिक नीति निजी क्षेत्रले अर्थतन्त्रलाई सकारात्मक दिशामा डोर्याउने गरि मौद्रिक नीति ल्याएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *