जन्मदिनको अवसरमा ‘जिग्री’ द्वारा दुबईमा अलपत्र परेकी नेपाली चेलीको उद्धार

काठमाडौँ । हाँस्य कलाकार कुमार कट्टेल ‘जिग्री’ पछिल्लो समय सामाजिक कार्यमा व्यस्त छन् । यतिबेला उनी ‘धुर्मुस-सुन्तली फाउन्डेसन’ ले सुरू गरेकाे  ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला’ निर्माणको कार्यमा पनि जुटिरहेका छन् ।

अहिले कोरोना भाइरस (कोभिड १९) ले गर्दा विश्व नै संकटमा परेको छ । पछिल्लो समय केहि सहजता भएसँगै दैनिकी सुचारु हुन थालेका छन् स्वदेशमा, तर धेरै नेपाली विदेशमा अलपत्र परेकाे अवस्था छ । यस्तै अलपत्र परेकी एक नेपाली चेलीकाे उद्धार गरी सहयाेग गर्ने निर्णय गरेका छन् कुमारले ।

उनले आफ्नो जन्मदिनकाे अवसरमा दलालको फन्दामा परि विदेशमा अलपत्र परेकी एक युवतीको उद्धार गर्ने निर्णय गरेका हुन् । झापा घर भएकी युवती दलाल मार्फत् भारत हुँदै दुबई पुगेकी थिईन् । कुमारले दुःखमा रहेकी ति नेपाली चेलीलाई दुबईबाट नेपाल फर्कन प्लेन टिकटको खर्च व्यहाेरिदिने भएका हुन् ।

कुमारले सामाजिक सञ्जाल फेसबुक मार्फत् भनेका छन-

‘आज मेरो जन्मदिन बाँचुन्जेल हाँसीखुसी रमाउन सकुँ । रमाउनकै लागि अनेक बहाना बनाउन सकुँ । संसार कोरोनाको कहरबाट गुज्रिरहेका बेला सम्पुर्ण मानव जगत नै अत्यन्तै कष्टकर समयबाट बितिरहेको छ !

नेपालबाट बिभिन्न देशमा जानु भएका थुप्रै नेपालीहरु लकडाउनको कारण दुःख,अभाव र पिडामा हुनुहुन्छ ! कतिपय नेपाली घर फर्कन समेत नसक्ने अवस्थामा हुनुहुन्छ, यहि पिडालाई महशुष गर्दै झापा घर भएकि एक जना नेपाली चेलि दलाल मार्फत भारतको बाटो हुँदै दुबई पुगेर अलपत्र र अत्यन्तै पिडामा रहनु भएको कुरा आदरणीय दाई प्रकाश पौडेलको फेसबुक पोस्ट मार्फत अवगत भयो !

मैले मेरो जन्मदिन खुशियालिका साथ मनाउनुको सट्टा उक्त दुःखमा रहनु भएकि नेपाली चेलीलाई दुबईबाट नेपाल फर्कने प्लेन टिकेटको खर्च व्यहाेर्ने निर्णय गरेको छु ! यो विषम परिस्थितिमा दुःख र अभावमा रहेका नेपालीहरुको पिडामा आफुले सकेको सहयोग गरौँ ! जय देश जय जननी ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *