आर्मीको पानी ट्याङ्की, मोटर साइकल र स्कुटर ठोक्किँदा प्रहरी असईको मृत्यु

काठमाडौं । राजधानीमा भर्खरै भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका असईको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाईते भएका छन् ।

काठमाडौं महानगरपालिका ४ सुकेधारा स्थित हिमाल डेन्टल सडक खण्डमा भएको सवारी दुर्घटनामा सुर्खेत घरभई काठमाडौं महाराजगंज बस्ने वर्ष २९ को प्रेमराज पौडेलको मृत्यु भएको छ उनी प्रहरी प्रधान कार्यालय नक्सालमा कार्य विभाजन शाखामा कार्यरत रहेका छन् । उक्त दुर्घटनामा काठमाडौं चण्डोल बस्ने वर्ष ५४ का शरद सिग्देल घाइते भएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरीका अनुसार सुकेधाराबाट चाबाहिल तर्फ जाँदै गरेको प्रदेश नम्बर ३ ०२ ००३ प ४१५० को स्कुटर र चाबहिलबाट सुकेधारा तर्फ आउदै गरेको बा ७४ प २८८१ नम्बरको मोटरसाईकल तथा चाबहिल बाट सुकेधारा तर्फ आउदै गरेको बा १ ग २२७८ नम्बरको आर्मी हेडक्वाटरको पानी ट्याङ्की एक आपसमा ठोक्किँदा भएको सवारी दुर्घटनामा एकको मृत्यु र एक जना घाइते भएका हुन् ।

मोटसाइकल चालकको ओम हस्पिटल चावहिलमा उपचार भइरहेको छ । दुर्घटनामा आर्मीको हेडक्वाटरको पानी ट्याङ्की चालक जिल्ला पाँचथर घर भई आर्मी हेडक्वाटर कार्यरत बर्ष ३५ को धविन्द्र खत्री रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *