रोल्पाका दुई गाउँ पूर्णरुपमा सिल, भोली देखि रोल्पा नगरपालिकाका बजार क्षेत्र बन्द गर्न निर्देशन

रोल्पा । रोल्पामा कोरोना संक्रमित देखिएपछि दुई गाउँ पूर्णरुपमा सिल गरिएका छन् । रोल्पा नगरपालिकाको वडा नम्बर १० मा १२ र ४ मा १ जना गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय रोल्पाले उक्त क्षेत्र पूर्णरुपमा सिल गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रोल्पाले सूचना जारी गर्दै शनिवार मध्यान्ह १२ बजेदेखि रोल्पा नगरपालिकाका वडा नम्बर ४ को गुरुङ गाउँ र वडा नम्बर १० को धवाङ गाउँ सिल गर्ने जानकारी दिएको हो ।

यस्तै ४ गते आइतबार बेलुका ६ बजेदेखि रोल्पा नगरपालिका १ २ ३ र ४ को बजार क्षेत्र पूर्णरुपमा लकडाउन गर्ने जिल्ला प्रशासन कार्यालय रोल्पाको निर्णय छ ।

यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तिय क्षेत्र खुला गर्ने तथा सेवा प्रवाह बन्द गर्ने बताइएको छ । साथै रोल्पामा कोरोना संक्रमितको संख्या बढ्दै गएकोले जिल्ला प्रशासन कार्यालय रोल्पाद्वारा जारी गरिएका सूचना र आदेशहरु पूर्णरुपमा पालना गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *