निर्देशिका अनुसार काेराेना संक्रमितकाे उपचार गर्ने ह्याम्सकाे प्रतिबद्धता

काठमाडाैं । ह्याम्स अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार कोरोना संक्रमितको उपचार गर्ने गरेको जनाएको छ । अस्पतालले शनिबार विज्ञप्ति जारी गरी अस्पतालले तोकेको शुल्क तिर्ने मन्जुरी दिएको अवस्थामा मात्र कोरोना संक्रमितको उपचार गर्ने गरेको जनाएको हो।

कुनै पनि बिरामीमा कोरोना पोजेटिभ देखिए सरकारले तोकेको अस्पतालमा जान र त्यही सेवा दिन आग्रह गर्ने गरिएको बताउँदै त्यसपछि मात्र बिरामीको स्वीकृतिपछि मन्त्रालयको निर्देशिका अनुसार उपचार गर्ने गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माले जनाएका छन् ।

‘कोभिड – १९ पोजिटिभ देखिएको अवस्थामा यस अस्पतालका चिकित्सक लगायतको टोलीले सरकारले तोकेको अस्पतालमा जान र सो अस्पतालमा निशुल्क उपचार लिन बिरामीसँग आग्रह गर्दछन्। त्यस पश्चात यदि बिरामीबाट यसै अस्पतालमा उपचार गर्ने र अस्पतालले तोकेको शुल्क तिर्ने मन्जुरी दिएको अवस्थामा मात्र स्वास्थ्य मन्त्रालय तथा यस अस्पतालले तय गरेको गाइडलाइन आधारमा उपचार गर्दै आएका छौं।’ अस्पतालले भनेकाे छ ।

ह्याम्सले पिसिआर परीक्षण पनि मन्त्रालयले तोकेको अस्पतालमा परीक्षण गर्न पठाउने गरेको जनाएकाे छ । अस्पतालले केही सञ्चार माध्यमहरूले कपोकल्पित र भ्रामक समाचारहरू प्रकाशन गरेकोमा खेद जनाउँदै यसअघि अस्पतालको बारेमा छापिएका नकारात्मक समाचारको पनि खण्डन गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *